अभिनेत्री रेखा थापा को निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति औपचारिक रूपमा तय गरिएको छ। निर्माण पक्ष र वितरकबीचको सहमतिअनुसार यो चलचित्र आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
यस चलचित्रको वितरण जिम्मा रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।
नेपाली चलचित्र क्षेत्रमा स्थापित नाम रेखा थापाले यस चलचित्रमार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन्। यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेकी छिन्।
दिया एण्ड अमु फिल्मस् को ब्यानरमा बनेको यस चलचित्रमा अनुभवीदेखि नयाँ पुस्ताका चर्चित कलाकारहरूको बलियो उपस्थिति रहेको छ। मुख्य भूमिकामा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह छन्। साथै विशेष भूमिकामा उषा खड्गी पनि देखिनेछिन्। अन्य कलाकारहरूमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेलको अभिनय रहेको छ।

निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ रहेको यस चलचित्रको कथा र पटकथा ध्रुव लम्सालले तयार पारेका हुन्।
चलचित्रको प्राविधिक पक्षमा सुदीप बराल (छायांकन), अनिरुद्ध आत्रेय (प्रमुख सहायक निर्देशक), राजन घिमिरे (फिल्म संयोजक), प्रशान्त सिवाकोटी (संगीत), सुजेनी मल्ल (ड्रेस डिजाइन), प्रिया कार्की (मेकअप) र चुडामणी (प्रोडक्सन) रहेका छन्।

