२०८३ जेठ ११ | १:२० PM
सरप्राइज चेकिङमा १८ सवारी चालक कारबाही

सरप्राइज चेकिङमा १८ सवारी चालक कारबाही

प्रहरीका अनुसार यस्ता आकस्मिक चेकिङले सडक अनुशासन कायम गर्न, दुर्घटना न्यूनीकरण गर्न र चालकहरूलाई जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।

लगानीबक्स २०८३ वैशाख १३ ७:०२ अपराह्न

सुर्खेत । आज बैशाख १३  गते वीरेन्द्रनगर नगरपालिका–७ तल्लो कटकुवा क्षेत्रमा आइतबार दिउँसो गरिएको सरप्राइज ट्राफिक चेकिङमा १८ सवारी चालक कारबाहीमा परेका छन्।

दिउँसो १:३० देखि ४:३० बजेसम्म गरिएको चेकिङका क्रममा ला.प.से. गरी सवारी चलाउने १ जना र मा.प.से. गरेका २ जना चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, ट्राफिक नियम उल्लंघन गर्ने अन्य १५ सवारी साधनमाथि पनि कारबाही गरिएको छ। प्रहरीले यस्ता चेकिङलाई निरन्तरता दिँदै नियम पालना गर्न चालकहरूलाई आग्रह गरेको छ।