२०८३ जेठ ११ | १२:२८ PM
नेपाल लाइफ इन्स्योरेन्सको २५ वार्षिकोत्सव: निःशुल्क स्वास्थ्य शिविर र रक्तदान…

नेपाल लाइफ इन्स्योरेन्सको २५ वार्षिकोत्सव: निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गर्ने 

लगानीबक्स २०८३ वैशाख २० ९:०१ अपराह्न

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ‘Life is Precious! Let’s uplift it together’ भन्ने सन्देशसहित आयोजना हुन लागेको हाे ।

यस कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन कम्पनीले आह्वान गरेकाे छ ।

स्वास्थ्य शिविर बैशाख २१ र २२ गते बिहान ९:३० बजेदेखि साँझ ६:३० बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुने बताएकाे छ । यस्तैगरी, रक्तदान कार्यक्रम बैशाख २१ गते बिहान ९:३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ। साथै, देश भरका सातै वटै प्रदेशमा बैशाख २१ गते रक्तदान कार्यक्रम आयोजन पनि हुने कम्पनीले बताएकाे छ ।

कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान “पुर्‍याइने उद्देश्य राखेको जनाएको छ। कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ ।