काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दाबी सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया र हिमालयन एभरेष्ट ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।
कम्पनीका अनुसार, यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बीमा दाबी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग पनि नगद रहित बीमा दाबी सम्झौता गरिसकेको छ । कम्पनीको दाबी अनुसार, यो सेवाबाट तीन हजार भन्दा बढी ग्राहकले छिटो र झन्झटमुक्त दाबी प्राप्त गरिसकेका छन् । सिप्रदीले भविष्यमा थप ग्राहकहरूलाई यस्तै सुविधा दिने योजना बनाएको छ । यो सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

