२०८३ जेठ ११ | ११:४५ AM
मनोवैज्ञानिक कथामा बनेको ‘कमला मिस’को टिजर सार्वजनिक

मनोवैज्ञानिक कथामा बनेको ‘कमला मिस’को टिजर सार्वजनिक

साउन २२ मा आउँदै ‘कमला मिस’, सार्वजनिक भयो टिजर विजय मल्लको कथालाई पर्दामा ल्याउँदै ‘कमला मिस’ मनोवैज्ञानिक द्वन्द्व देखाउने ‘कमला मिस’को टिजर रिलिज

लगानीबक्स २०८३ जेठ ८ ३:१९ अपराह्न

काठमाडौं, जेठ ०७ । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्रको टिजरले दर्शकमाझ उत्सुकता बढाएको छ ।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित चलचित्र ‘कमला मिस’को टिजरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ । टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ ।

करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यस चलचित्रमार्फत फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन् । यसअघि उनले ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्रमा निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रलाई विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेहा हुन् । उमेश मल्ल ,चैतन्य प्रधान ,रमेश बाबु श्रेष्ठ र राम भट्टराई ‘कमला मिस’ कार्यकारी निर्माता हुन् । चलचित्रका लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन् ।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह , प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन् । ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।