काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्।
प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा जवाफ दिँदै उनले सुशासन कायम गर्नु सरकारको मुख्य दायित्व रहेको उल्लेख गरे। प्रहरी संगठनभित्र अनियमितता रोक्न केन्द्रीय तथा प्रदेश प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गरी कार्यसम्पादनका आधारमा पुरस्कार र दण्डको व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको उनले बताए।
गृहमन्त्री गुरुङले कार्यान्वयन र अनुगमन आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ ७९ वटा भवन निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए।

