२०८३ असार २८ | १०:२० AM
सुनको मूल्य बढ्दा चाँदीको भाउको सामान्य घट्यो

सुनको मूल्य बढ्दा चाँदीको भाउको सामान्य घट्यो

लगानीबक्स २०८३ असार १२ १०:५२ पूर्वाह्न

काठमाडौँ । आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ ८०० रुपैयाँले बढेर २ लख ८९ हजार १०० रुपैयाँ कायम भएको छ । छपावाल सुन हिजो बिहीबार ५ हजार २ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो । बुधबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा करोबार भएको छ । हिजो बिहीबार पनि प्रतितोला २५० रुपैयाँले घट्दै ४ हजार २३५ रुपैयाँमा खरिद बिक्री भएको थियो । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको उतारचढाव र डलरको विनिमय दरका आधारमा महासङ्घले दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरेको छ ।