२०८३ असार २८ | ११:१० AM
आज पनि सुनचाँदीको मुल्य घट्यो 

आज पनि सुनचाँदीको मुल्य घट्यो 

लगानीबक्स २०८३ असार १७ ११:५० पूर्वाह्न

काठमाडौं । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घटेर २ लाख ७७ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलामा ४५ सय र सोमबार १४ सय रुपैयाँ घटेको थियो। गएका तीन दिनमा सुनको भाउ तोलमा ६५ सय रुपैयाँ घटिसकेको छ।

हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ९ सय थियो। गएको आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँ बढेको थियो। चाँदीको भाउ पनि घटेको छ। तोलामा १५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार २ सय ७० रुपैयाँमा झरेको छ। गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।