शनिबार, २४ असोज २०८३ | ३:२७ PM
सुनचाँदीको मुल्यमा भारी वृद्धि

सुनचाँदीको मुल्यमा भारी वृद्धि

लगानीबक्स ६ साउन २०८३ ११:३० पूर्वाह्न

काठमाडौँ ।आज  नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा भारी  वृद्धि भएको छ । हिजो र आजका दिनको तुलनामा छापावाल सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रति तोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेको हो । यसैगरी, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९ हजार ४८५ रुपैयाँ तय गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । बुधबार चाँदी तोलामा ११० रुपैयाँले बढेर प्रति तोला ४ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको छ । महासङ्घका अनुसार आज प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ८४१ रुपैयाँ कायम भएको छ ।