शनिबार, २४ असोज २०८३ | ४:१६ PM
आज फेरि १४ सयले सुनको मुल्य बढ्यो

आज फेरि १४ सयले सुनको मुल्य बढ्यो

लगानीबक्स ११ साउन २०८३ ११:२६ पूर्वाह्न

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।

आज चाँदी पनि ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४१० रुपैयाँ थियो ।