शुक्रबार, २३ असोज २०८३ | २:३५ AM
सुनसरीमा गोली कसले चलायो भन्ने स्पष्ट गर्न राप्रपा सांसद खुस्बु…

सुनसरीमा गोली कसले चलायो भन्ने स्पष्ट गर्न राप्रपा सांसद खुस्बु ओलीको माग

लगानीबक्स १४ साउन २०८३ १२:४९ अपराह्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सुनसरी घटनामा गोली कसले चलाएको हो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले सुनसरीको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै गोली प्रहारको आदेश कसले दियो र किन चलाइयो भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बताइन्।

उनले घटनापछि सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाइन्।