शनिबार, २४ असोज २०८३ | ५:४० PM
आज सुनचाँदीको भाउ फेरि बढ्यो

आज सुनचाँदीको भाउ फेरि बढ्यो

लगानीबक्स १५ साउन २०८३ १२:०५ अपराह्न

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँ थियो।

यसअघि हिजो पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको थियो भने गत बुधबार सुनको भाउ ५ हजार ३ सय रुपैयाँले घटेको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ३ सय ६० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार हालसम्मकै उच्च सुनको मूल्य गत माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यसैगरी चाँदीको उच्चतम मूल्य पनि सोही दिन प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको थियो।