काठमाडौं । अभिनेत्री Manisha Koirala ले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताएकी छन्।
शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान–२०८३’ अन्तर्गत आयोजित सामूहिक हस्ताक्षर कार्यक्रममा बोल्दै कोइरालाले आफूले संवैधानिक राजसंस्थाको अवधारणा Bishweshwar Prasad Koirala (बीपी कोइराला) बाट सिकेको बताइन्।
उनले बीपी कोइरालाले समय, परिस्थिति, नेपालको भूगोल र राष्ट्रिय हितलाई मूल्याङ्कन गर्दै संवैधानिक राजसंस्था नेपालको लागि आवश्यक रहेको निष्कर्ष निकालेको उल्लेख गरिन्। उनका अनुसार बीपीले अघि सारेको राष्ट्रिय मेलमिलापको नीतिले राजसंस्था र प्रजातन्त्रलाई परस्पर विरोधी नभई लोकतन्त्रका परिपूरक तत्वका रूपमा व्याख्या गरेको थियो।
‘उहाँले राजा र मेरो घाँटी एउटै दरबारको मियाँमा छ भन्नुभएको थियो। राजसंस्था लोकतन्त्रको प्रतीक हो। त्यो कुरा त्यतिबेला पनि उत्तिकै महत्त्वपूर्ण थियो, अहिले झन् बढी महत्त्वपूर्ण भएको छ,’ कोइरालाले भनिन्। कोइरालाले गणतन्त्र र बहुदलीय व्यवस्थापछि नेपाली जनताले अपेक्षा गरेको समृद्ध र बलियो राष्ट्र निर्माणको सपना पूरा हुन नसकेको टिप्पणी गर्दै राष्ट्रिय मूल्यमान्यतालाई बेवास्ता गरेर विदेशी अवधारणाको पछाडि लाग्दा देशलाई अपेक्षित लाभ नभएको बताइन्।
उनले नेपालको एकीकरण गर्ने ऐतिहासिक संस्था कमजोर हुँदा राष्ट्रियता पनि कमजोर हुने दाबी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र सुरक्षाका लागि राजसंस्था अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।

