मंगलबार, ९ भदौ २०८३ | ७:०८ AM
कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चले पुनरावलोकनको अनुमति दियो

कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चले पुनरावलोकनको अनुमति दियो

लगानीबक्स २१ साउन २०८३ ३:५४ अपराह्न

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सहितको पूर्ण इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिएका थिए। अब उक्त विवादमा सर्वोच्च अदालतमा पुनः विस्तृत सुनुवाइ हुने भएको छ।