काठमाडौं । नेपालमा जमजम पर्फ्युमको पहिलो आधिकारिक आउटलेट साउन २३ गते शनिवार उद्घाटन हुने भएको छ । दुबइको चर्चित ब्राण्ड जमजम पर्फ्युमले नेपालमा आफ्नो आधिकारिक आउटलेट काठमाडौंको सुन्धारा स्थित सिभिल मलमा सञ्चालनमा ल्याउने लागेको हो । उक्त आउटलेट सञ्चालन गर्न लागेको जानकारी साउन २२ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो ।
नेपालमा जमजम पर्फ्युमको आधिकारिक प्रवेशसँगै नेपाली उपभोक्ताले दुबइको असली तथा लक्जरी फ्र्याग्रेन्स सहज रूपमा आधिकारिक स्टोर तथा अनलाइन स्टोरबाट प्राप्त गर्न सक्नेछन् । जमजम पफ्र्युमले नेपाली बजारमा विश्वसनीय, गुणस्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय पर्फ्युमको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । जमजम पर्फ्युमले विश्वका साउदी अरव, पाकिस्तान, कुवेत र ओमन गरी ४ देशमा २४ वटा शाखा विस्तार गरिसकेको छ । नेपालमा उसको यो २५औं शाखा हो । आक्रमक रूपमा बजार विस्तार गरिरहेको जमजम पर्फ्युमकोले कतार, युके, अमेरिका, स्पेन र मलेसियामा समेत शाखा विस्तार गर्न लागेको छ ।
शनिवार आउटलेटको उद्घाटन सामाजिक संजालमा चर्चित जमजम ब्रदर्सले दिउँसो १२ः०० बजे संयुक्त रुपमा गर्ने भएका हुन । जमजम पर्फ्युमको उद्घाटनका लागि जमजम ब्रदर्स शुक्रवारनै काठमाडौं आइसकेका छन् । उनीहरु दुबईका चर्चित कन्टेन्ट क्रियटर हुन । नेपालमा जमजम आउटलेट उद्घाटनको जानकारी दिन काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भाग लिदैं उनीहरुले नेपालबाट जमजम ब्रदर्सलाई सामाजीक सञ्चालमार्फत धेरै ठुलो सहयोग मिलेको बताएका छन् ।
जमजम पर्फ्युम अन्तराष्ट्रिय बजारमा जसरी सबैको मनपर्ने पर्फ्युम बनेको छ त्यसरीनै नेपालीहरुमा पनि त्यसले मन जित्ने विश्वास जमजम ब्रदर्शहरुले व्यक्त गरेका छन् । नेपालमा जमजम ब्राण्ड जमजम पर्फ्युम नेपाल प्रा. लि.ले भित्राएको हो । आगामी ६ महिनाभित्र यसको दोस्रो आटलेट भक्तपुरमा समेत विस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
