काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गर्दै ग्यास वितरणलाई थप व्यवस्थित र उपभोक्तामैत्री बनाउन निर्देशन दिनुभएको छ।
मन्त्री यादवले विशेषगरी किर्तिपुर क्षेत्रमा विद्यार्थीहरूको बसोबास बढी रहेकाले उनीहरूलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न सबै ग्यास वितरक कम्पनीलाई निर्देशन दिनुभएको हो।
