शनिबार, २४ असोज २०८३ | ३:२१ PM
सुनको भाउ तोलाको ३ लाख नाघ्यो

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

लगानीबक्स २४ साउन २०८३ ११:०६ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेर ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य ४ हजार ५८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३४२.२३ अमेरिकी डलर तथा चाँदी ६३.५८ अमेरिकी डलरमा कारोबार भइरहेका कारण नेपाली बजारमा पनि मूल्य वृद्धि भएको महासङ्घले जनाएको छ।