शनिबार, २४ असोज २०८३ | ३:२० PM
सुनको मुल्यमा सामान्य गिरावट,चाँदी बढ्यो

सुनको मुल्यमा सामान्य गिरावट,चाँदी बढ्यो

लगानीबक्स २५ साउन २०८३ ११:४३ पूर्वाह्न

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ त्यस्तै  चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला २०० रुपैयाँ घटेर आज ३ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो।

आज छापावाल सुनको प्रति १० ग्राम मूल्य २ लाख ५८ हजार ४९० रुपैयाँ निर्धारण गरिएको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ। चाँदीको प्रति १० ग्राम मूल्य ४ हजार ४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।