बिहीबार, २५ भदौ २०८३ | ६:४६ PM
प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रचण्डको प्रश्न : ‘सबैको प्रधानमन्त्रीले सबैको कुरा सुन्नुपर्छ’

प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रचण्डको प्रश्न : ‘सबैको प्रधानमन्त्रीले सबैको कुरा सुन्नुपर्छ’

लगानीबक्स १७ भदौ २०८३ ४:०९ अपराह्न

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सबै पक्षसँग संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।

उनले प्रधानमन्त्रीले सरोकारवाला पक्षको कुरा नसुनी एकतर्फी रूपमा अघि बढ्न खोजेको आरोप लगाउँदै यस्तो शैली उपयुक्त नहुने टिप्पणी गरे। “प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो,” भन्दै उनले राष्ट्रिय मुद्दामा सबै राजनीतिक शक्ति र सरोकारवालाको सहभागिता आवश्यक रहेको बताए।

प्रचण्डले प्रधानमन्त्रीलाई प्राप्त अवसरलाई देश र जनताको हितमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै सहकार्य र समन्वयमार्फत अघि बढ्न आग्रह गरे। साथै, संवादहीनता र एकल निर्णय प्रक्रियाले अपेक्षित परिणाम नदिने उनको भनाइ थियो।