सोमबार, २९ भदौ २०८३ | १:१७ PM
बाढीपीडितलाई लायन्स क्लबद्वारा राहत सामग्री वितरण

बाढीपीडितलाई लायन्स क्लबद्वारा राहत सामग्री वितरण

“जहाँ आवश्यकता, त्यहाँ लायन्स”

लगानीबक्स २८ भदौ २०८३ १०:४५ अपराह्न

नुवाकोट । “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने नारासहित लायन्स क्लब अफ काठमाडौं शुभ तारा र लायन्स क्लब अफ गड साइबर सिटीले भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेका छन्।

गत भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको अवस्थाबारे जानकारी लिएर विभिन्न होल्डिङ सेल्टरमा पुग्दै वास्तविक पीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको हो। विदुर नगरपालिका–४ का वडाध्यक्ष तथा त्रिशूली उद्योग वाणिज्य संघका अध्यक्ष गीता अमात्यको रोहबरमा पीडितहरूलाई लत्ताकपडा, डसना, तकिया, ब्ल्याङ्केट, झुल, स्याम्पु, सेनिटरी प्याड तथा खाद्यान्न सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।

राहत वितरण कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं शुभ ताराकी अध्यक्ष सुसिला श्रेष्ठ, चण्डिका श्रेष्ठ, आदित्य जोशी, आकाश श्रेष्ठ, रमिला प्रधान, मिना मानन्धर र महेश श्रेष्ठको सहभागिता रहेको थियो। त्यसैगरी लायन्स क्लब अफ गड साइबर सिटीका सुवास तामाङ र सुमन तामाङ पनि कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा सञ्चारकर्मी कान्तिपुरका ईश्वर अधिकारी, मैत्री न्युजका दीपेन्द्र श्रेष्ठ तथा हिमालय टेलिभिजनका सागर खड्काको समेत उपस्थिति रहेको थियो। राहत वितरण कार्य सफल बनाउन सहयोग गर्ने सबै सहभागी, सञ्चारकर्मी तथा सवारी चालकप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

लायन्स क्लब अफ काठमाडौं शुभ ताराका संस्थापक अध्यक्ष राजेश हिमालयले विपद्का बेला प्रभावित समुदायको साथमा उभिनु सामाजिक दायित्व भएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिइने जानकारी दिए।