सोमबार, २९ भदौ २०८३ | १:१५ PM
आज हरितालि तिजका दिनमै घट्यो सुनचाँदीको मूल्य

आज हरितालि तिजका दिनमै घट्यो सुनचाँदीको मूल्य

लगानीबक्स २९ भदौ २०८३ ११:४५ पूर्वाह्न

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ६० रुपैयाँ कायम गरिएको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १० ग्रामका लागि ३ हजार ९६१ रुपैयाँ कायम गरिएको छ । यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६६० रुपैयाँ थियो ।