मंगलबार, ६ असोज २०८३ | ८:५९ PM
राष्ट्रिय बीमा कम्पनीको सीईओको जिम्मेवारी हिक्मत भण्डारीलाई दिईयो

राष्ट्रिय बीमा कम्पनीको सीईओको जिम्मेवारी हिक्मत भण्डारीलाई दिईयो

लगानीबक्स ६ असोज २०८३ १२:४४ अपराह्न

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी हिक्मत बहादुर भण्डारीलाई दिईएको छ । भदौ १८ गतेको नेपाल सरकार अर्थमन्त्रिस्तरको निर्णय अनुसार भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सीईओको जिम्मेवारी तोकिएको हो ।

भदौ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओको जिम्मेवारी पुरा गर्ने अख्तियारी प्रदान गरिएको जानकारी कम्पनीले दिएीका छ ।