आइतबार, ११ असोज २०८३ | ११:५४ AM
देवघाटमा नारायणीको बहाव १३ मिटर पुग्ने अनुमान, चितवन–नवलपरासीमा उच्च सतर्कता

देवघाटमा नारायणीको बहाव १३ मिटर पुग्ने अनुमान, चितवन–नवलपरासीमा उच्च सतर्कता

लगानीबक्स ११ असोज २०८३ १०:०६ पूर्वाह्न

काठमाडौं । नारायणी नदीमा बाढीको जोखिम अत्यधिक बढेपछि जल तथा मौसम विज्ञान विभागले चितवन र नवलपरासीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आज बिहान ७:४५ बजे गरिएको मापनअनुसार नारायणी नदीको जलसतह खतराको तह ९ मिटर पार गर्दै ११ मिटर पुगेको छ। देवघाट बाढी मापन केन्द्रका अनुसार आज दिउँसो ११ बजेतिर नदीको बहाव १३ मिटरसम्म पुग्ने अनुमान गरिएको छ।

कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदीमा पनि बहाव सतर्कता तथा खतराको तहभन्दा माथि पुगेको विभागले जनाएको छ।

बाढी पूर्वानुमान महाशाखाले चितवन र नवलपरासीका होचा तथा डुबान जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न, नदी तटीय क्षेत्रमा आवतजावत नगर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।