मंगलबार, १३ असोज २०८३ | १२:२६ PM
सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

लगानीबक्स सम्वाददाता १३ असोज २०८३ ११:१८ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य २ लाख ९४ हजार ३ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको थियो।