मंगलबार, १३ असोज २०८३ | १२:२२ PM
ग्लोबल आइएमई लघुवित्तको लाभांश प्रस्ताव सार्वजनिक

ग्लोबल आइएमई लघुवित्तको लाभांश प्रस्ताव सार्वजनिक

लगानीबक्स सम्वाददाता १३ असोज २०८३ १०:५३ पूर्वाह्न

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ६४ करोड ८२ लाख ९७ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरी लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।

गत वर्ष ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश मात्र वितरण गरेको कम्पनीले यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो ।