काठमाडौं । बुधवार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेका छन् । रिलायन्स लाइफले १ लाख २ हजार ७४६ कित्ता र गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले ५१ हजार ६२४ कित्ता संस्थापक शेयर विक्री गर्न लागेका हुन ।
दुबै कम्पनीहरुको यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन पेश गर्न सक्नेछन् । गुहेश्वरी मचेन्टको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय पुल्चोक, ललितपुर र रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि केन्द्रिय कार्यालय बानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी सम्बन्धित कम्पनीहरुले सूचनामार्फतनै गराएका छन् ।
