सोमबार, १९ असोज २०८३ | १२:२७ PM
एनएलजी इन्स्योरेन्सको सीइओमा पन्तको पुनः नियुक्ती 

एनएलजी इन्स्योरेन्सको सीइओमा पन्तको पुनः नियुक्ती 

लगानीबक्स सम्वाददाता १९ असोज २०८३ ११:३८ पूर्वाह्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन् । असोज १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्तलाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनको यस अघिको कार्यकाल असोज २३ गते सकिन लागेको थियो ।

असोज २४ गतेदेखि लागू हुने गरी २०८७ साल असोज २३ गतेसम्मका लागि पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय भएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो । तीन दशकभन्दा बढी समयदेखि बीमा क्षेत्रमा काम गर्दै आएका पन्त सन २०१८ देखि एनएलजी इन्स्योरेन्समा आबद्ध छन् । दोस्रो कार्यकाल सीईओको जिम्मेवारी पन्तलाई दिइएको हो ।

तीन दशकभन्दा बढीको बीमा अनुभवका कारण उनी नेपालको निर्जीवन बीमा क्षेत्रका अनुभवी कार्यकारीमध्ये एकका रूपमा चिनिन्छन्।