काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्ष ०८२।८३ को लागि हालसम्मकै सर्वाधिक लाभांश वितरणको प्रस्ताव गरेको छ । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत अािर्थक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड ७४ लाख ५९ हजार रुपैयाँको आधारमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ९४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि विरतण हुनेछ । यस कम्पनीले आर्थिक वर्ष ०८०।८१ सालदेखि लाभांश वितरण गर्न सुरु गरेको हो । पहिलो र दोस्रो वर्ष समान रुपमा १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने अघिल्ला दुई आर्थिक वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो ।
