काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि साधारण शेयरधनीहरुका लागि कर समेत ७ प्रतिशत र अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि तोकिएको निश्चित ८ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको साधारणतर्फ चुक्तापूँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ छ भने अग्राधिकार शेयरधनीतर्फ ३ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको छ । यस वर्षको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरि वितरण हुनेछ ।
गत वर्ष १० प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष साधारण शेयरधनीहरुका लागि कम लाभांश वितरण गर्न लागेको हो ।
