काठमाडौं । असोज २२ गते बिहीवार दुई वाणिज्य बैंकहरुको संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । यो दिन कुमारी बैंकको १ लाख कित्ता र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९ हजार ९२३ दशमलव २६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । यी शेयर यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी भएको थियो । सो अवधिमा विक्री नभएको यी शेयर कम्पनीहरुले अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागेको हो । यी शेयर खरीदका लागि असोज २२ गतेदेखि ३५ दिनभित्र सम्बन्धित कमपनीहरुको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
सिटिजन्स बैंकको केन्द्रिय कार्यालय नारायणहिटी, काठमाडौं र कुमारी बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं रहेको छ । कुमारी बैंकको शेयर खरीदका लागि भने केन्द्रिय कार्यालयसँगै शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
