सोमबार, २ कार्तिक २०८३ | ११:१३ PM
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्टको शेयर कारोबार फुकुवा

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्टको शेयर कारोबार फुकुवा

लगानीबक्स सम्वाददाता २९ असोज २०८३ ३:१५ अपराह्न

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश तथा वार्षिक साधारण सभा सम्बन्धी सूचना समयमै उपलब्ध नगराउँद रोकिएको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो। लाभांश प्रस्तावसँगै कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गर्दै कात्तिक १८ गते विहान ९ः३० बजे वार्षिक साधारण सभा बोलाएको थियो ।

असोज २६ गते दिउँसो ३ः३० बजे सञ्चालक समितिको बैठकबाट गरेको साधारण सभा र लाभांश सम्बन्धि निर्णय असाज २७ गते साझ ५ः५९ बजे मात्र गराएकाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था बमोजिम नभएको भन्दै नेप्सेले असोज २८ गते कारोबार स्थगित गर्ने निर्णय गरेको थियो ।

नेप्सेले कम्पनीबाट प्राप्त मानविय त्रुटि आगामी दिनमा नदोहोरिने स्पष्टिकरण प्राप्त भएसँगै असोज २९ गते कारोबार फुुकुवा गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण् सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।