सोमबार, २ कार्तिक २०८३ | ११:०१ PM
कात्तिक ९ गतेदेखि २ लाख ३५ हजारभन्दा बढी कित्ता संस्थापक…

कात्तिक ९ गतेदेखि २ लाख ३५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गर्दै सानिमा जिआईसी

लगानीबक्स सम्वाददाता ३० असोज २०८३ २:२८ अपराह्न

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले कात्तिक ९ गतेदेखि २ लाख ३५ हजार ४४८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा निम्ति विक्रीमा ल्याउने भएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री खुला गर्दा वितरण नभएको यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।

कात्तिक १२ गतेसम्म विक्रीमा रहने यी शेयर खरीदका लागि अन्य व्यक्ति तथा संस्थाले सानिमा क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक १२ गते विहान ११ बजे सानिमा क्यापिटलको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भएको छ । बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ ।