बिहीबार, ५ कार्तिक २०८३ | ८:१४ AM
दुई आर्थिक वर्षको संयुक्त सभा कात्तिक २७ गते गर्दै नारायणी…

दुई आर्थिक वर्षको संयुक्त सभा कात्तिक २७ गते गर्दै नारायणी डभलपमेन्ट बैंक

लगानीबक्स सम्वाददाता ३० असोज २०८३ २:३७ अपराह्न

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले कात्तिक २७ गते दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्मार्ट गार्डेन एण्ड रेष्टुरेन्ट प्रालि भरतपुर, चितवनमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष ०८०।८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

गत आर्थिक वर्ष ०८२।८३ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । कम्पनीको नियमावली संशोधन गर्ने प्रस्ताव गरेको कम्पनीले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने विषयमा पनि आवश्यक निर्णय गर्नेछ । त्यसका लागि सञ्चालक समितिलाई जिम्मेवारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १३ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।