मंगलबार, १७ कार्तिक २०८३ | १२:११ PM
माण्डु हाइड्रोपावरले यो वर्ष करिब ३३२ प्रतिशतले बढायो खुद नाफा

माण्डु हाइड्रोपावरले यो वर्ष करिब ३३२ प्रतिशतले बढायो खुद नाफा

लगानीबक्स सम्वाददाता १७ कार्तिक २०८३ ११:१० पूर्वाह्न

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म माण्डु हाइड्रोपावर कम्पनी लिमिटेडले २१ करोड ७० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३३१ दशमलव ९५ प्रतिशत बढी भएको हो । गत वर्ष पहिलो त्रैमाससम्म कम्पनीले ५ करोड २ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको कुल आम्दानी १०६ प्रतिशत बढी भएकाले खुद नाफामा उल्लेख्य बृद्धि देखिएको हो । गत वर्ष १६ करोड ६४ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष भने ३४ करोड ३० लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो ।

वित्तीय खर्च यो वर्ष कम भएको छ । गत वर्ष ५ कराड २ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यो वर्ष भने ३ करोड ८८ लाख रुपैयाँभन्दा बढी रहेको हो । पहिलो त्रैमाससम्म कमपनीले लिएको दिर्घकालिन कर्जा सापटी रकम २ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी छ । गत वर्ष यो रकम २ अ र्ब ७८ करोड रुपैयाँभन्दा बढी रहेको थियो । अल्पकालिन कर्जा भने गत वर्ष ५ कराड ६३ लाख रुपैयाँभन्दा बढी रहेकोमा य वर्ष १५ करोड रुपैयाँ कायम भएको छ ।

हाल १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिटर्न अर्निग तथा जगेडा रकम भने ५९ करोड ७३ लाख रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी पहिलो त्रैमाससम्म १४ रुपैयाँ ४७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २० पैसा छ ।