Ad
आइतबार, १३ मंसिर २०८३ | ९:१४ AM
एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौं र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

लगानीबक्स सम्वाददाता २७ कार्तिक २०८३ १२:२६ अपराह्न

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ।

आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको काठमाडौंले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार बेहोरेको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले ६ खेलमध्ये चार खेलमा जित निकाल्दा दुई खेलमा पराजय भोगेको छ ।त्यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् ।

अंक तालिकाको पाँचौं स्थानमा रहेको चितवनले पाँच खेलमध्ये दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । एक खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।

यता, छैटौं स्थानमा रहेको जनकपुर बोल्ट्सले ६ खेलमध्ये दुई खेलमा जित हात पारेको छ भने चार खेलमा पराजित भएको छ । आजका दुवै खेल अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने टोलीका लागि महत्त्वपूर्ण हुनेछन् ।