Ad
आइतबार, १३ मंसिर २०८३ | ९:१३ AM
सुपरमाई हाईड्रोपावरले गत वर्षभन्दा यस वर्ष कम लाभांश वितरण गर्ने

सुपरमाई हाईड्रोपावरले गत वर्षभन्दा यस वर्ष कम लाभांश वितरण गर्ने

लगानीबक्स सम्वाददाता २७ कार्तिक २०८३ ३:१६ अपराह्न

काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले गत वर्षकोभन्दा यस वर्ष कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीले विद्युत नियमन आयोगको स्वीकृति पछि आगामी वार्षिक साधारण सभाबाट पारित गराएर वितरण गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ६४ करोड २० लाख रुपैयाँ छ । यस कम्पनीले आर्थिक वर्ष ०८०।८१ देखि लाभांश वितरण गर्न सुरु गरेको हो ।

पहिलो वर्ष १२ दशमलव ६३ प्रतिशत र दोस्रो वर्ष २१ दशमलव ११ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो ।