काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको १५ हजार कित्ता आधारभूत शेयर दोस्रो बजारमा विक्री गर्ने तयारी भएको छ । आधारभूत शेयरधनी बद्री केसीले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर आगामी तीन महिनाभित्र विक्री गर्ने जानकारी कात्तिक २० गते कम्पनी समक्ष गराएका हुन ।
आधारभूत शेयरधनीहरुले आफूले धारण गरेको शेयरको १५ प्रतिशत वा सोभन्दा बढी शेयर विक्री गर्नु परेमा १५ दिन अघिनै जानकारी गराउनुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार यस कम्पनीका आधारभूत शेयरधनी केसीले कम्पनी समक्ष लिखित निवेदन पेश गरेका हुन ।
यस कम्पनीको कुल ३० करोड कित्ता शेयर दोस्रो बजारमा सूचीकृत छन् । संस्थापक तर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत स्वामित्व रहेकोमा सबै शेयर कारोबारयोग्य भैसकेको अवस्था छ ।

