Ad
बिहीबार, १० मंसिर २०८३ | ५:४३ PM
राससमा ९ जना कर्मचारी करारमा माग

राससमा ९ जना कर्मचारी करारमा माग

लगानीबक्स सम्वाददाता ३० कार्तिक २०८३ ९:४९ पूर्वाह्न

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले विभिन्न पदमा ९ जना कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ। राससले केन्द्रीय कार्यालयमा रिक्त रहेका अधिकृत तथा सहायक स्तरका पदमा पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।

राससले प्रकाशित गरेको सूचनाअनुसार अधिकृत स्तर–६ को भिजुअल एडिटर पदमा एक जना कर्मचारी माग गरिएको छ। त्यसैगरी सहायक स्तर–५ को भिजुअल एडिटर पदमा तीन जना र सहायक स्तर–४ को छायाँकार पदमा पाँच जना कर्मचारी नियुक्त गरिनेछ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले राससको केन्द्रीय कार्यालयमा उपस्थित भएर वा प्रशासन शाखाको इमेल ठेगाना rssrssadm@gmail.com मार्फत आवेदन दिन सक्नेछन्।

इमेलमार्फत आवेदन दिने उम्मेदवारले राससको वेबसाइटमा उपलब्ध दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजात एउटै पीडीएफ फाइलमा समावेश गरी पठाउनुपर्नेछ। उक्त फाइलको आकार २ एमबीभन्दा कम हुनुपर्ने सूचनामा उल्लेख छ। सूचना पहिलोपटक प्रकाशित भएको मिति २०८१ कात्तिक ३० गतेदेखि सात दिनभित्र आवेदन बुझाइसक्नुपर्नेछ।