काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ५६ हजार कित्ता आधारभूत शेयर दोस्रो बजारमा विक्री हुने भएको छ । आधारभूत शेयरधनी डम्बर बहादुर कार्कीले आफ्नो स्वामित्वमा रहेको उल्लेखित कित्ता शेयर दोस्रो बजारमा विक्री गर्ने जानकारी गराएका हुन ।
आगामी तीन महिनाभित्र यी शेयर विक्री गर्ने जानकारी कार्कीले मंसिर ९ गते कम्पनीलाई गराएका हुन । पछिल्लो समय आधारभूत शेयरधनीहरुले आफ्नो स्वामित्वको शेयरमध्ये १५ प्रतिशत वा सोभन्दा बढी शेयर विक्री गर्ने भएमा त्यसको जानकारी पाँच दिन अघिनै दिनुपर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था बमोजिम जानकारी दिई शेयर विक्री प्रक्रिया अघि बढाईएको हो ।

