Ad
आइतबार, १३ मंसिर २०८३ | ९:०६ AM
नेपाल हाइड्रो डेभलोपरले यो वर्ष गत वर्षभन्दा बढी लाभांश दिने

नेपाल हाइड्रो डेभलोपरले यो वर्ष गत वर्षभन्दा बढी लाभांश दिने

लगानीबक्स सम्वाददाता १ मंसिर २०८३ ११:१३ पूर्वाह्न

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले यस वर्ष गत वर्षभन्दा बढी लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश समेत कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत वर्ष भने कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी ४२ करोड ३१ लाख ३४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।