काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो पटक लाभांश दिने घोषणा गरेको छ । गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ७० करोड ८ लाख ५८ हजार रुपैयाँको आधारमा उल्लेखित लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

