Ad
बिहीबार, १० मंसिर २०८३ | १२:२७ AM
लिवर्टी ईनर्जीले पुस ३ गते बोलायो साधारण सभा यो वर्ष…

लिवर्टी ईनर्जीले पुस ३ गते बोलायो साधारण सभा यो वर्ष पनि छैन लाभांश प्रस्ताव

लगानीबक्स सम्वाददाता ७ मंसिर २०८३ १२:५९ अपराह्न

काठमाडौं । लिवर्टी ईनर्जी लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । हालसम्म पनि लाभांश वितरण नगरेको यस कम्पनीले गत आर्थिक वर्ष ०८२।८३ को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लाभांश प्रस्ताव विनानै कम्पनीले पुस ३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा विहान ८ः३० बजे सभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभा सम्बन्धित विस्तृत जानकारी भने कम्पनीले सार्वजनिक गर्न बाँकी छ ।

सभा प्रयोजनका लागि भने कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।