Ad
बिहीबार, १० मंसिर २०८३ | २:३५ AM
याम्बालिङ्ग हाइड्रोपावरले मंसिर २८ गते बोलायो साधारण सभा

याम्बालिङ्ग हाइड्रोपावरले मंसिर २८ गते बोलायो साधारण सभा

लगानीबक्स सम्वाददाता ७ मंसिर २०८३ १:२५ अपराह्न

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हार्दिक होटल, बागबजार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्ती र कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।