काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले १ लाख ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री खुला गर्दा विक्री हुन बाँकी यी शेयर अब भने कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुले समेत आवेदन पेश गर्न सकिने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरुले मंसिर ८ गतेदेखि लागू हुने गरी १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

