काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कुल ३६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १६ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रताबिक लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २१ गते ५२औं वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा विहान १० बजे गर्ने तयारी कम्पनीले गरेको हो । सभाले प्रस्तावित लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १ गतेदेखि सभा हुने दिनसम्म २१ दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । बुक क्लोजको अधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

