Ad
बिहीबार, १० मंसिर २०८३ | २:१४ AM
मितेरी डेभलपमेन्ट बैंकले पुस ४ गते बोलायो साधारण सभा

मितेरी डेभलपमेन्ट बैंकले पुस ४ गते बोलायो साधारण सभा

लगानीबक्स सम्वाददाता ९ मंसिर २०८३ २:२३ अपराह्न

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस ४ गते वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुनसरी उद्योग वाणिज्य संघ, सुनसरी, धरानमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले यस वर्ष गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ छ । लाभांश प्रस्तावसँगै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले पारित गर्नेछ ।

सभा प्रयोजनका लागि मंसिर १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।