२०८३ जेठ ११ | १:२१ PM
कृषिदेखि निर्यातसम्मका अनुभवी लोकप्रिय व्यवसायी राजकुमार कार्कीको महासंघ सदस्यमा उम्मेदवारी

कृषिदेखि निर्यातसम्मका अनुभवी लोकप्रिय व्यवसायी राजकुमार कार्कीको महासंघ सदस्यमा उम्मेदवारी

लगानीबक्स २०८२ चैत २० ९:२३ पूर्वाह्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६० औं साधारणसभा तथा निर्वाचनमा व्यवसायी राजकुमार कार्की (राजु)ले बस्तुगत संघतर्फ कार्यकारिणी समिति सदस्यमा पुनः उम्मेदवारी दिएका छन् ।

नेपाल कुचो संघका अध्यक्ष कार्की नेपाल अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत हुन् । उनले वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समर्थित बस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेको समूहबाट उम्मेदवारी दिएका हुन् ।

महासंघको कृषि उद्यम केन्द्रमा सहसभापति रहेका कार्की कृषि र निर्यातजन्य उद्योगका विषयमा दख्खल राख्छन् ।

‘लो प्रोफाइल’मा बसेर काम गर्न रुचाउने कार्की बस्तुगत क्षेत्रको सशक्तीकरणले मात्र व्यवसायीको वृहत हित हुने तथा मुलुकको अर्थतन्त्रका समस्याको सम्बोधनका लागि महासंघले पैरवी गर्न सक्ने बताउँछन् ।

पहिलो कार्यकालको अनुभवसहित मैदानमा उत्रेका कार्की कृषिजन्य उत्पादनलाई उद्योगसँग जोड्ने स्पष्ट नीतिका लागि सरकारसँग विशेष पैरवी गर्ने उनी बताउँछन् ।

“नेपाली कृषि उत्पादनको लागत घटाइ स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन विशेष दबाबमूलक अभियान सञ्चालन गर्नेछौं,” उनी भन्छन्, “महासंघको प्लेटफर्ममार्फत आत्मनिर्भर कृषिका लागि नीतिगत तथा व्यावहारिक पहल गर्ने हाम्रो एजेण्डा रहेको छ ।”

कार्की राजु एन्ड नवीन स्टोर्स, कार्की ब्रुम सप्लायर्स, गृहलक्ष्मी ट्रेडर्स, आरआर ट्रेडर्स, गजुरमुखी झाडु कुचो उद्योग तथा एनके लक्ष्मी काठमाडौं लगायतका व्यावसायिक फर्म सञ्चालन गरिरहेका छन् ।