शुक्रबार, २३ असोज २०८३ | ५:५६ PM
मञ्जुश्री फाईनान्सले २० प्रतिशत लाभांश वितरण गर्ने

मञ्जुश्री फाईनान्सले २० प्रतिशत लाभांश वितरण गर्ने

लगानीबक्स सम्वाददाता २३ असोज २०८३ ३:३४ अपराह्न

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीकीको आगामी वार्षिक साधारण सभाले पारित गरि कम्पनीले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्ष कुल १५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने बोनस शेयरमा समेत जोड दिएको छ । अघिल्ला तीन आर्थिक वर्ष भने कम्पनीले नगद लाभांश मात्र वितरण गरेको थियो ।