मंगलबार, ९ भदौ २०८३ | ४:३४ PM
प्रशासकीय अधिकृत अनुपस्थित भए कडा कारबाही गर्ने प्रशासन मन्त्रालयको चेतावनी

प्रशासकीय अधिकृत अनुपस्थित भए कडा कारबाही गर्ने प्रशासन मन्त्रालयको चेतावनी

लगानीबक्स २३ चैत २०८२ ५:१० अपराह्न

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले सोमबार जारी गरेको सूचनामा स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू नियमित रूपमा कार्यालयमा उपस्थित नभएको गुनासो बढ्दै गएको उल्लेख गरिएको छ।

सूचनामार्फत प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत कर्मचारीहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित भई नियमित कामकाज सञ्चालन गर्न स्पष्ट निर्देशन दिइएको छ।