काठमाडौं । बालेन्द्र शाह ले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा बस्ने तय भएको छ।
स्रोतका अनुसार आजको बैठकमा नेपाल राष्ट्र बैंक मा डेपुटी गभर्नर नियुक्ति गर्ने विषयमा निर्णय हुन सक्ने प्रबल सम्भावना रहेको छ।
सरकारले राष्ट्र बैंकको नेतृत्व संरचना सुदृढ बनाउन तथा मौद्रिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उक्त नियुक्ति प्रक्रिया अघि बढाउन लागेको जनाइएको छ।

